गाहामगर नेकपा एमाले गण्डकीको प्रमुख सचेतक
पाेखरा | पुस २८, २०७९
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहामगरलाई नियुक्त गरेको छ ।
नेकपा एमाले गण्डकी प्रदेशको आज (बिहिबार) बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेकाे हाे ।
प्रमुख सचेतक गाहामगर नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यस पटक पुनः प्रदेश सभामा निर्वाचित भएपछि एमालेवृत्तमा उनी पहिलो चरण मै मन्त्री बन्ने चर्चा थियो । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे ।
गाहामगर प्रदेशको मन्त्री बन्ने लाइनमा छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

